prev next
1 | 2 | 3

पशुपति चौलागाई
पोलिटव्यूरो सदस्य एवं संयोजक - सहकारी बिभाग (नेकपा एमाले)

बिचार
सहकारीलाई बजेटमा कन्जुस्याई गरेको चौलागाईको आरोप

pashu pati

काठमाडौं, असार २१ । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं सहकारी तथा गरिवी निवारण विभाग प्रमुख पशुपति चौलागाँईले राज्यले सहकारीलाई उपेक्षा गरेको र बजेटमा प्राथमिकता नदिएको गुनासो गरेका छन् ।
मंगलबार संसदमा सम्बोधन गर्दै चौलागाईले संविधान मार्फत समाजवाद निर्माणको निम्ति देश अघि बढेपनि संविधान घोषणापछि पहिलो बैठकले समाजवादको मुख्य आधार मानिएको सहकारीलाई उपेक्षा गरेको आरोप लगाएका छन् ।
उनले समाववाद निर्माणका लागि सहकारीलाई उपेक्षा गरेर जान नसकिने बताए । समाजवाद निर्माणका निम्ति अर्थतन्त्रका आधारहरु संविधानले सार्वजनिक, निजि क्षेत्र र सहकारी भनेर स्वीकार गरेपनि व्यवहार त्यस्तो नपाइएको उनको भनाई थियो ।
‘सहकारीको माध्यमबाट समाजवादलाई बलियो बनाउन सक्छौ समाजवाद स्थापित गर्न सक्छौ र जनताका आवश्यक्ताहरु पुरा गर्न सक्छौं भन्ने संविधानको स्पिरिट हो उनले भने ।
सरकारले सहकारी क्षेत्रमा करिब १ अरब ६७ करोड बिनियोजित हुनु सहकारी क्षेत्रलाई अपुग भएको उनले बताए ।
सहकारी मन्त्रालय सँग जोडेर हाम्रो देशको गरिबी निवारण गर्न सकिन्छ भन्ने लक्ष्य र उद्देश्यका साथ मन्त्रालयको नाम समेत पनि सहकारी तथा गरिबी निवारण मन्त्रालय नामाकरण गरेपनि त्यसअनुरुप काम हुन नसकेको सांसद चौलागाईको भनाई थियो ।
सांसद चौलागाईले गरिबि निवारण कोष, युवा स्वरोजगार कोष, स्वाबलम्बन कोष जस्ता गरिवी निवारणसँग सम्बद्ध कतिपय सस्थाहरु सहकारी तथा गरिबि निवारण मन्त्रालयको कार्यक्षेत्र भित्र ल्याउन आवश्यक भएको बताएका छन् ।

ताजा अपडेट

केन्द्रिय सहकारी विभागको बैठक सम्पन्न

नेकपा (एमाले) सहकारी तथा गरीबी निवारण विभागको प्रथम बैठक विभागका प्रमुख पशुपती चौलागाईको अध्यक्षतामा २०७३ साल असार ६ गते पार्टी केन्द्रिय कार्यालय धुम्बराहीमा सम्पन्न भएको छ । सहकारी विभागका पूर्व प्रमुख, सल्लाहकार समीतिका अध्यक्ष तथा राष्ट्रीय सहकारी संघका अध्यक्ष केशव प्रसाद वडाल र लेखा आयोगका सदस्य मिनराज कँडेलको समेत उपस्थिति थियो । बैठकले के.वि. उप्रेतिलाई विभागको सचिवमा निर्वाचित गरेको छ ।

तस्वीर संग्रह